Data Journalism Training

विकास उद्यमीको नेपाल इन डाटा इनिसिएटीभले प्रदेश ३ को आर्थिक मामला तथा योजना मन्त्रालय र नेपाल आर्थिक पत्रकार समाजसँगको सहकार्यमा "तथ्याङ्कमा आधारित पत्रकारिता" विषयक ३ दिने निःशुल्क तालिमको आयोजना गर्दैछ | सो तालिम मंसिर ८ देखि मंसिर १२ गते सम्म हेटौडामा हुन गइरहेको छ|

उक्त तालिममा सहभागी हुन इच्छुक पत्रकारले:
१. अनलाइन फारम: https://goo.gl/forms/cVIDGGWUl2FjAFEE2 , वा
२. फारम डाउनलोड गरि भर्ने र सम्बन्धित दस्ताबेज यस ई- मेलमा पठाउने: nepalindata@bikasudhyami.com
फारम डाउनलोड: https://nepalindata.com/media/resources/items/15/b__.pdf

अन्तिम मिति : कार्तिक २८ साँझ ५ बजेसम्म

निवेदक पत्रकारले फारम भर्नु अघि निम्नलिखित योग्यता पुरा गर्नु पर्ने छ।

१. उमेर २५ देखि ४५ वर्ष सम्म
२. नपाली नागरिक
३. शैक्षिक योग्यता: स्तातक तह
४. यी कुराहरूको न्युनतम ज्ञान भएको?
MS Word: कागजात ढाँचा, सन्दर्भ सामाग्री र विषय सुची
MS Excel : जोड, घटाउ, भागा, गुणन, फिल्टरिंग, चार्ट आदि
माध्यमिक स्कूल तहको तथ्याङ्क सम्बन्धि आधारभुत ज्ञान भएको
५. डिजिटल साक्षरता (इंटरनेटमार्फत सामाग्री खोज्न, वेब सर्फिंग गर्ने सक्ने) भएको
६. पत्रकारितामा न्यूनतम ३ वर्षको अनुभव वा राष्ट्रिय अखबार वा पत्रिकामा ५० लेखहरू प्रकाशित भएको।
७. निम्न क्षेत्रको पत्रकारलाई वढि प्राथमिकता दिइनेछ:
आर्थिक, व्यवसायिक, बैंकिंग र वित्त
सार्वजनिक वित्त (बजेट, कर, व्यय)
विभिन्न लिंग र जातीय अल्पसंख्यकलाई प्रोत्साहन दिइनेछ
८. विगत २ वर्ष वा सो भन्दा बढि प्रदेश २ वा प्रदेश ३ मा काम गर्दै गरेको
- काठमाडौँ उपत्यका बाहिरका पत्रकारलाई विशेष प्राथमिकता दिइने
९. तालिम अवधिको लागि MS Office 2016 भएको ल्यापटप हुनुपर्छ


थप जानकारीको लागि:
विकास उद्यमी
मनि मार्ग, चाकुपाट, ललितपुर
सन्तोष गड्तौला
०१-५२६१०९३
९८४१६७७२८८

नोट: सहभागी छान्ने अधिकार आयोजकमा निहित रहनेछ।